
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । दक्षिण ललितपुरको वागमती गाउँपालिकाले ११ जना करारका कर्मचारी बर्खास्त गरेपछि कर्मचारीले वागमती गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनलाई ज्ञापनपत्र बुझाएका छन् ।
वागमती करार कर्मचारी हकहित संरक्षण समितिले बुझाएको ज्ञापनपत्रमा बिना प्रकृया कर्मचारी बर्खास्त गरेको भन्दै पुर्न्बहालीको माग गरिएको छ ।
ज्ञापन पत्रमा अध्यक्ष विमला सञ्जेल र सचिव सरस्वती तिमल्सिना, रिता दुलाल, रामजी घिमिरे, मदन थापा, विनोद थापामगर, पुजा शर्मा, पदम मार्पा, प्रतिक घिसिङ्ग, लक्ष्मण तिमल्सिना, युवराज घलेको नाम उल्लेख छ ।
विज्ञप्तीमा उल्लेख गरिए अनुसार गत साउन १ गते ५ बजे टेलिफोन मार्फत सेवाबाट बर्खास्त गरिएको जानकारी दिइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij