Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर। देशका अधिकांश स्थानीय तहका जनप्रतिनिधि यतिबेला अघिल्लो कार्यकालमा नियुक्त भएका करारका कर्मचारीलाई धमाधम हटाउन थालेका छन्।
यसैबीच दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले पनि वर्षौंदेखि करारमा काम गरिरहेका कर्मचारीलाई कुनै आधार नखुलाई र परीक्षासमेत नलिई वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गर्न थालेको भन्दै वर्खास्त गरिएका कर्मचारी र नेकपा एमाले लगायतले कडा विरोध गरेका छन् ।
यसैबीच सोमबार गाउँपालिकाको कार्यालयमा पुगेका वर्खास्त गरिएका कर्मचारीले अविलम्ब आफूहरुलाई पुनर्वाहाली गर्दै सम्झौता नवीकरण गर्न भन्दै गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी र उपाध्यक्ष डोल्मा माया गोलेलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij