Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

गोरखामा मोटरसाइकल र बलेरो ठोक्किँदा एकको मृत्यु

गोरखामा मोटरसाइकल र बलेरो ठोक्किँदा एकको मृत्यु

  • काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ ।

    भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४८१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बलेरो जिप आज बिहान पौने ८ बजे ठोक्किएका थिए। 


    दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij