
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । ललितपुरको ठेचोमा नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख दिएको छ । शनिबार आयोजित कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेला व्यवस्थापन समितिलाई चेक हस्तान्तरण गरेका हुन् ।
नवदुर्गा नाच वाङ्य कमिटी अध्यक्ष प्रशान्त मालीले गोदावरी नगरपालिकाले उपलब्ध गराएको रकमले १२ वर्षे मेला सञ्चालन गर्न सहज हुने बताए । उनले भने, ‘हाम्रो न्युनतम आकलनअनुसार अझैं २६ लाख पुग्दैन । सहयोग जुटाउने कोसिस गर्दैछौं ।’
नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाउँ सफासुग्घर राख्न आग्रह गरे । १२ वर्षे जात्रा यही साउन १० देखि आउँदो फागुनसम्म सञ्चालन हुने छ । जात्रा अवधिभर २८ वटा पुजा हुनेछन् भने, ठेचो र सुनाकोठीबासीलाई भोज खुवाइन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij