
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा ‘राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८’ को रनिङ्ग शिल्ड प्रदान कार्यक्रम भएको छ । उक्त कार्यक्रममा ललितपुरका रनिङ्ग ललितपुरका भोलेन्टर कोचहररूलाई सम्मान तथा खेलाडीहरूको बिदाइ कार्यक्रममा नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको हो । बानियाँले खेलाडीहरूको पहिचान गरेर उनीहरूलाई सम्मान हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
यस्तै, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले पहिला देखि भोलेन्टर कोचहररू सरकारी तलब नभएका भोलेन्टरका रुपमा राम्रो काम गरेका खेलाडीहरुको पहिचान, हौसला दिनका लागि सम्मान कार्यक्रम गरेको बताए । महर्जनले यो सम्मान कार्यक्रम पहिलो पटक गरेको र २ सय २० जनालाई सम्मान गरेको जानकारी दिनुभयो ।
यस कार्यक्रममा छुटेका कोचहरुलाई भाद्र ९,१० र ११ गते हुने ललितपुर जिल्ला स्तरीय बृहत खेलकुद महोत्सव २०७९ मा सम्मान गर्ने महर्जनले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij