Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

जिल्ला युवा स्वयंमसेवक समितिको तालिम

जिल्ला युवा स्वयंमसेवक समितिको तालिम

  • ललितपुर ।  प्रदेश युवा स्वयंमसेवक तालिम तथा सामाजिक कार्यमा युवाहरुको भूमिका सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ललितपुर जिल्ला युवा समितिको अध्यक्ष जितेन्द्र महर्जनको सभापतित्वमा भएको हो । अध्यक्ष जितेन्द्रले जिल्ला युवा समितिले ६ वटा पालिकामा विपद्को समयमा सहयोग गर्न सकिने बताए । 

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकूद मन्त्री  रत्न प्रसाद ढकाल र विषेश अतिथि प्रदेश सभा सदस्य माननीय राजकाजी महर्जन रहेका छन् । 

    images

    प्रमुख अतिथि ढकालले ६ महिना भित्रमा सबै जिल्लामा १ दिने यस्ता कार्यक्रम गनुपर्ने बताए । उनले भने, ‘ युवाहरुलाई कसरी पहिचालन र केन्द्रित गर्ने, नेतृत्वका साथ विभिन्न चुनौती जस्ता समस्याहरुको कसरी समाधान गर्ने भन्ने तर्फ लाग्नुपर्छ । ’

    यस्तै, विषेश अतिथि राजकाजीले युवा, महिलालाई अगाडि बढाउनका लागि मन्त्रिहरुसँग समन्वय गरेर विभिन्न खेलकुद, मनोविज्ञान, मानोरञ्जनका साथ उत्साहलाई विकास गरि अगाडि बढाउने बताए ।

    भुगर्भबिद, नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाका द्वारीका महर्जनले युवा स्वयंमसेवक तालिम तथा सामाजिक कार्यमा युवाहरुको भूमिका सम्बन्धि प्रशिक्षण दिनुभयो । उनले स्वयम् सेवक गठन गरेपछि विपद्को बेलामा निष्पक्ष रुपमा अगाडी बढ्नुपर्ने बताए । 

    images

    कुनै पनि घटनाको उपचार लोकलरुपमा काम गनुपर्ने र लोकलमा के छ, त्यो हेरेर पहिलो प्राथमिकता दिने जस्ता कुरा ख्याल गर्नुपर्ने प्रशिक्षक द्वारीकाले जानकारी दिए ।  

    292679332_577054903788667_8578052372841586255_n.jpg

    291982227_1191679375006388_6521892849247982614_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij