‘मिस इण्डिया–२०२२’ को ताज सिनी शेट्टीले जितेकी छन्। मुम्बईमा भएको प्रतियोगितामा कर्नाटककी बासिन्दा २१ वर्षीय उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि हात पारेकी हुन्।
प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने।