Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

 खेलकूद समाचारः वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि

 खेलकूद समाचारः वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि


  •  
    ललितपुर। दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ । 

    onlinepatrika
    Arghakhachi

     ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ  आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ । युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पु¥याउने छ ।” प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्नेछन् ।  

    AGNI GROUP

    भंगाहामा मेयर गोल्डकप फुटबल शुक्रबारदेखि

    जलेश्वर–महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर प्रमुख संजीव कुमार साहले यही पुस १७ गतेदेखि  प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।

     उहाँले सो प्रतियोगिताका प्रथम विजेतालाई रु ५ लाख १  , उपबिजेतालाई रु १ लाख ५१ हजार १ रुपैया प्रदान गरिने जानकारी दिनुभयो ।  प्रतियोगितामा काठमाडौं, हेटौडा, झापा, रुपन्देही लगायतका राष्ट्रिय स्तरमा खेल्ने आठ वटा समूहको सहभागिता रहने छ । सर्वाधिक राशीको फुटबल प्रतियोगिता महोत्तरीको इतिहासमै पहिलो पटक हुने आयोजकले जनाएका छन् ।  प्रतियोगिताको आवश्यक तयारी पूरा भइसकेको छ । 

     पौडीपोखरीको मर्मत  शुरु
     
    राँझा– सञ्चालनमा नआउँदै जीर्ण बनेको नेपालगञ्ज पौडी पोखरीको मर्मत  शुरुआत भएको छ ।  रु १९ करोडको लागतमा नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माण गरिएको  सो पौडी पोखरीको नौ महिना अघि औपचारिक रुपमा उद्घाटन गरिएको थियो भने  निर्माण  अधुरै रहेका कारण सञ्चालनमा आउन सकेको थिएन ।
     सञ्चालन नहुँदा जीर्णावस्थामा पुगेको पौडी पोखरीको ट्रेक, सीसा, र प्याराफिट प्लास्टर गर्ने कार्य अहिले भइरहेको मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका प्रमुख महेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीलाई कार्यालयले बारम्वार ताकेता गरेपश्चात मर्मत कार्य शुरु भएको हो । निर्माणको जिम्मा पाएको जोशी निर्माण सेवाले अहिले करिव रु। ७ लाख खर्च गरेर मर्मत सम्भार कार्य शुरु गरेको छ । 

    “पौडी पोखरीको औपचारिक उद्घाटन भएपनि निर्माण कार्य पूर्ण नभएका कारण सञ्चालन आउन सकेन”,उहाँले भन्नुभयो,“कार्यालयका तर्फबाट तीन पटकसम्म पत्र काटेपछि निर्माण कम्पनी मर्मत सम्भार गर्न तयार भएको हो ।” राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गत गत फागुन २२ गते पौडी पोखरीको औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । यस लगत्तै मध्यपश्चिम खेलकुद विकास समितिले पौडी पोखरी सञ्चालनको लागि प्रयास गरेपनि प्राविधिक समस्या देखिएका कारण सञ्चालन हुन नसकेको कार्यालयका लेखा अधिकृत मिनबहादुर जिसीले जानकारी दिनुभयो । “सञ्चालन तयारी गर्दा गर्दै प्राविधिक समस्यासँगै कोरोना महामारीका कारण लकडाउन भयो त्यसपछि सञ्चालन हुनै सकेन”, उहाँले भन्नुभयो,“लामो समयसम्म सञ्चालन नहुँदा जीर्ण बनेको पौडी पोखरीको मर्मत सम्भार हुनासाथ सञ्चालन गर्ने तयारी भईरहेको छ ।”

    वि.सं २०६६ सालमा तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गर्नुभएको थियो ।  एक दशकपछि आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा आयोजना हुने भएपछि पौडी पोखरी निर्माणको काम अघि बढेको थियो । मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम ओलीले नेपालगञ्ज जस्तो गर्मी ठाउँमा पौडी पोखरी निर्माणले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।  पौडी पोखरीमा पौडीका ठूला प्रतियोगिता गराउन सकिने छ ।  पौडी पोखरीमा एक पटकमा तीन सय पचास जनाले पौडी खेल्न सक्ने क्षमता रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij