
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । अनौपचारी सेवा केन्द्र (इन्सेक) ललितपुरले आयोजना गरेको ‘जिल्लाको मानव अधिकार अवस्था’ विषयक कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा भएको हो । सामाजिक सञ्जालको प्रयोगले ललितपुरमा अपराधका घटना बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् ।
महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्चालको प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताएका हुन् ।
कारोना महामारीसँगै भएको लकडाउनका कारण मोवाइलको प्रयोग गरी अध्ययन लगायत पठनपाठनको क्रियाकलाप अघि बढाउँदा सो किसिमका घटना अघि बढेको बताए ।
कार्यक्रममा इन्सेक ललितपुरका प्रतिनिधि दिपक घिमिरेले ललितपुरमा १८ वटा बलात्कार तथा ११ ज्यान मार्ने प्रयास हुनुका साथै ६ बहुबिबाह भएका तथ्याङ्क सार्वजनिक गरे ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले सो जिल्लामा मानव अधिकार रक्षाका लागि इन्सेकले तयार पारेको पुस्तका ललितपुरका प्रत्येक विद्यालयमा पु¥याइने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij