
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । उद्योग विभागका सम्पूर्ण काम अबदेखि अनलाइनबाट हुने भएको छ। विभागले बुधबार सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो।
विभागको सेवालाई अनलाइनमा लैजान इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आइएमआइएस) सफ्टवेयर सार्वजनिक गरेको हो। नयाँ सफ्टवेयर विकाससँगै उद्योग दर्तादेखि सर्टिफिकेटसम्मको काममा अब सेवाग्राही विभाग पुग्नु नपर्ने बताइएको छ।
केन्द्रमा सफल भएपछि दोस्रो चरणमा प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयलाई अनलाइन पद्दतिमा लैजाने विभागको योजना छ।
विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्यायका अनुसार पाइलटिङको रूपमा विदेशी लगानी शाखाबाट अनलाइन सेवा सुरू गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij