Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

जोर्डनमा विषाक्त ग्यास ‘लिक’ हुँदा १० जनाको मृत्यु

जोर्डनमा विषाक्त ग्यास ‘लिक’ हुँदा १० जनाको मृत्यु

  • काठमाडौँ । जोर्डनको अकाबा बन्दरगाहमा एउटा ट्याङ्करबाट विषाक्त ग्यास लिक हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५१ जना घाइते भएका छन् । 

    images
    images
    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति अकाबा बन्दरगाहमा क्लोरिन ग्यास बोकेको ट्याङ्कर क्रेन नजिकै पुगेर विस्फोट भएसँगै उक्त घटना घटेको हो । 

    विषाक्त ग्यास पर्यावरणमा मिसिए पछि हाल जोर्डन सरकारले आफ्ना नागरिकहरुलाई झ्याल ढोका बन्द गरी घर भित्रै रहन आग्रह गरेको छ । 

    क्लोरिन ग्यासको सिलिण्डर लोड गर्ने क्रम भुइमा खसे पछि विस्फोट भएको थियो । सो समयमा थप २५ सिलिण्डर घटनास्थलमै रहेको जनाइएको छ । रिपोर्टका अनुसार कर्मचारीको गल्तीका कारण उक्त घटना घटेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij