
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ। काठमाडौँमा गएराति देखिनै वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढिरहेको छ । यी नदी किनारको बाटो भई यात्रा गर्दा अर्को तीन घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
गएराति देखिनै वर्षा भइरहेको काठमाडौँका दिउँसो केही समय वर्षा रोकिने तर अपराह्न पुनः वर्षा हुने मौसमविद्ले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij