
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । गोदावरी साहित्य परिषद्को आयोजनामा दुई दिने वक्तृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको सहयोगमा भएको वक्तृत्व विकास सम्बन्धी तालिममा ३५ जना सहभागिता रहेको थियो ।
उक्त समारोह गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यतामा गोदावरी सामुदायिक पुस्तकालय श्रोत केन्द्र वडिखेलको सभाहलमा आयोजना भएको थियो ।
सो तालिममा गोदावरी साहित्य परिषद् अध्यक्ष वरिष्ठ अधिकारी र सहसचिव नवराज संजेलेले वक्तृत्व विकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। गोदावरी नगरपालिका-४ का वडा अध्यक्ष सानुभाइ पहरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मापन गरियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij