
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । शान्ति शिक्षा अभियान नेपाल नामक गैर सरकारी संस्थाको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ राधिका चोकस्थित शिलान्यास गरिएको हो ।
ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सोही नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले भवनको शिलान्यास गरेकी हुन् । भवनलाई शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकाश गर्ने योजना राखिएको छ ।
भवन सञ्चालनमा आएपछि महालक्ष्मी नगरपालिकाभित्रका करिव २५ हजार विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास संस्थाका अध्यक्ष रवीन्द्र महर्जनले गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij