
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । जेष्ठ नागरिक चौतारीको आयोजनामा वृक्षारोपण तथा ठेचो फलफुल बगौँचा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका १२ का वडा अध्यक्ष जगत बहादुर महर्जनका साथ वडा सदस्य शोभा कार्कीको उपस्थितीमा वृक्षारोपण गरेको जेष्ठ नागरिक चौतारीका अध्यक्ष बाल कृष्ण थापा मगरले बताए ।
सह आयोजकहरु गोदावरी नगरपालिका १२, ठेचो बाल चौतारी, ठेचो पदयात्रा समाज, रोटरी सामुदायिक संघ ठेचो रहेका छन् । वृक्षारोपण कार्यक्रममा बालबालिका, महिला दिदिबहीनी भिक्षु (भन्ते) हरुको समेत सहभागी भएको आयोजकले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij