
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको चापागाउँ ११ मा नयाँ किरण नेपाल संस्थाको आयोजनामा विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण सम्बन्धी १ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गोदावरी नगरपालिकाको सहयोगमा भएको हो ।
गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीको प्रमुख अतिथ्यतामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे हो। प्रशिक्षण भोला घिमिरे र सह प्रशिक्षण हर्षमान महर्जनले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण सम्बन्धी जानकारी दिए ।
विपद्का कारण हुने क्षति न्यूनिकरण र असरसँग जुध्न सक्ने क्षमताको विकास र विपद्का कारणले महिला, किशोर किशोरी र बालबालिकाहरुको स्वास्थ्य र यौन तथा प्रजननमा परेको असरलाई आवश्यक स्वास्थ्यको पूर्ति भएको कुरा सुनिश्चित गर्ने आयोजकले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij