Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरमा चिरिबाबुको जित सुनिश्चित

ललितपुरमा चिरिबाबुको जित सुनिश्चित

  • ललितपुर । ललितपुर महानगरपालिकामा अहिलेसम्म ७९  हजार ८६३ मत गणना सकिएको छ । ८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४९२ मत ल्याएका छन् । 

    images
    images
    images

    यस्तै, उपप्रमुखतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार  ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् ।

    ललितपुर महानगरपालिकामा अहिले २७ र २८ को मतगणना जारी छ भने २९ को गणना तयारी भइरहेको छ । जम्मा  ५ हजार ९९८ मत गन्न बाँकी रहेको र रातिसम्म अन्तिम मतपरिणाम आउने ललितपुरका मुख्य निर्वाचन अधिकृतको किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij