
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्मल रत्न शाक्य पुनः निर्वाचित भएका छन् ।
उनले दुई हजार ३७३ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार सुप्रभा शाक्यले एक हजार ६३८ मत प्राप्त गरे ।
नेपाली काँग्रेसका उम्मेदवार निर्मल रत्न शाक्य २०७४ सालमा पनि निर्वाचित भएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij