
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर। ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् । ६१ हजार १३२ मत गणना हुँदा महर्जनले ३० हजार ८६० मत ल्याएका छन भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार २०१ मत ल्याएका छन् ।
यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले १७ हजार ७१६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १२ हजार ६६६ मत ल्याएका छन् ।
ललितपुर महानगरपालिकामा जम्मा ८५ हजार ८६१ मत खसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij