
Jun 09 2025 | २०८२, जेठ २६ गते
ललितपुर । दक्षिण ललितपुरको वागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन अध्यक्षमा विजयी भएका छन् । निर्वाचन अधिकृत नागेन्द्र किशोर पोखरेलका अनुसार नेपाली कांग्रेसका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले २ हजार ४३ मत ल्याए । उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर (निसान) विजयी भए । मगरले ४ हजार ६ सय ९२ ल्याउदा उनका निकटतम प्रतिश्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् ।
वागतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्योपाने घिमिरेले ३७ मत ल्याइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij