Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । निवर्तमान प्रमुख गजेन्द्र महर्जन
निवर्तमान प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकाको प्रमुख पदमा पुनः उम्मेदवारी दिएका छन् । विकासको लागि आफूले कुनै कमी नगरेकोले जनताद्वारा पुनः एकपटक प्रमुख पदमा आउनुपर्ने गरिएको आग्रह आएकोमा उम्मेदवारी दिएको बताएका हुन् ।
महर्जनले ५ वर्षमा गर्न नसकेको र बाँकी काम र जनताको आकाङ्क्षा पूरा गर्न प्रतिस्पर्धामा आएको भन्दै उनले सडक, शिक्षा, स्वास्थ्य लगायत अन्य सेवाक्षेत्रको पूर्वाधार खडा गर्नुपर्ने काम आफ्नो पूर्व योजनाको हिस्सा रहेको बताए । यी क्षेत्रको विकास गर्न फेरि उम्मेदवारी दिएको हुँ भन्दै जनताले जिताउने विश्वास व्यक्त गरेका हुन् ।
निवर्तमान उपप्रमुख मुना अधिकारी
गोदावरी नगरपालिकाकी निवर्तमान उपप्रमुख मुनाअधिकारीले आफ्ना अधुरा काम पूरा गर्न फेरि सो पदका लागि चुनावी प्रतिस्पर्धामा आएकी छिन् ।
चुनाव जिते पछि बालबालिका, जेष्ठनागरीक तथा महिलाहरूको आत्मबल बढाउन, विभिन्न किसिमको अभिमुखीकरण तालिम सञ्चालन गर्ने, महिलाहरू विरुद्धको हिंसा रोकथामका लागि कानुनी सारक्षताका साथ महिलाहरूको अगुवाइमा समाजिक नेतृत्वको विकास गर्ने, महिलाको विकास र महिलाहरूलाई हिम्मत र हौसला दिने गरी महिला सशक्तिकरणजस्ता विभिन्न कार्यक्रम गरी अगाडि बढाउने विश्वास दिलाएकी छिन् ।
महिलाहरूको उत्प्रेरणा कार्यक्रम सञ्चालनबाट महिलाहरूसँग भावना तथा विचार आदान प्रदान गरी त्यसलाई प्राथमिकता दिने र यसबाट टेवा पु¥याउने बताइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij