Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने

  • काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् ।

    images
    images
    images

    बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन् । हिमालयन र एभरेष्ट १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका जनाइएको छ ।

    मर्जर भएपछि पनि यी कम्पनीको पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ । अहिले हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको मूनाफाबाट बोनस सेयर दिए पछि भने बीमा समितिले तोके अनुसारको पूँजी पुग्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij