Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

‘कदम पुरस्कार २०७८’ आरोही कल्पनालाई

‘कदम पुरस्कार २०७८’ आरोही कल्पनालाई

  • ललितपुर । पत्रकार तथा सगरमाथा आरोही कल्पना महर्जनलाई जोशी रिसर्च इन्ष्टिच्युटद्वारा ‘कदम पुरस्कार २०७८’ प्रदान गरेकाे छ । उक्त पुरस्कार ललितपुरको हिमालय होटेल, हलमा प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रदान गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    कदम पुरस्कारमा १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा  सक्रिय पत्रकारितको साथ शिक्षाको माध्यमले बाल विवाह रोकथाम अभियान–२०१९ को अभियानलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोषण गर्दै सगरमाथा दुबै मोहोडाको सफल हारोहण गर्ने विश्वको पहिलो महिला पत्रकार भई विश्व कीर्तिमान गर्न सफल भएकोले ‘कदम पुरस्कार २०७८’ प्रदान गरेकाे हाे । 

    AGNI GROUP

    प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पत्रकारिता गर्ने नारीले सगरमाथा दुबै तर्फ सफल आरोहण गरेर देखाएकोले आम नेपाली नारीलाई सक्षम, हौसला र हिम्मत देखाएको बताए । सिंहले व्यक्तिगत रुपमा बधाई र सफलताको शुभकामना दिए ।

    यस्तै, आरोही कल्पनाल महर्जनले सबै कदम पार गरेर सगरमाथा आरेहण गरेको बताइन् । महर्जनले भने, ‘सगरमाथा सफल आरोहण गर्न सबैको साथ सहयोग गर्ने लाई म कहिले बिर्सन्’ सबैको साथ सहयोग भएमा अगाडी बढ्न कुनै कठिनाई, समस्या र अप्ठेराे नहुने बताइन् । 

    अध्यक्ष हरिराम जोशीकाे आफ्नी स्व. धर्मपत्नीको नाममा कदम पुरस्कार प्रदान गरीएको हो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij