Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भवन भत्किँदा ९ जनाको मृत्यु

भवन भत्किँदा ९ जनाको मृत्यु

  • नाइजेरियामा एक भवन भत्किँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । दक्षिणी नाइजेरियाको लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको जनाइएको छ । भवन भत्किएका कारण नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किएको हो । यसअघि घटनामा ८ जनाको ज्यान गएको बताइएको थियो । यद्यपि उद्धारका क्रममा थप एक जनाको शव भेटिएको हो ।
    हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो ।

    सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ । सो भवनमा कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij