Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

डुकुछापबाट कल्पनाले सुरु गरे बालविवाह रोकथाम अभियान

डुकुछापबाट कल्पनाले सुरु गरे बालविवाह रोकथाम अभियान

  • ललितपुर । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई थालेकी छिन्। कल्पनाले ललितपुर जिल्लाको दुर्गम गाउँं डुकुछापबाट अभियानको सुरुवात गरेकी छिन्।

    onlinepatrika
    Arghakhachi

    कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्य र शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं.८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन्। 

    AGNI GROUP

    कल्पनाले ती स्कुल र वस्तीमा पुगेर बालबाविवाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन्। 

    कल्पनाले सगरमाथा चढ्दा वि.सं २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन्। नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो। नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको सङख्या ८४ हजार एक सय १५ रहेका छन्।
     
    नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन्। दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन्। यो समाजमा बालविवाह एवम् बहु विवाहको प्रचलन छदैछ। गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij