
Apr 08 2025 | २०८१, चैत २६ गते
ललितपुर । नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका-७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij