Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चुनावी गठबन्धन : ललितपुरको स्थानीय तह  मिलाउने जिम्मा प्रदेशलाई 

चुनावी गठबन्धन : ललितपुरको स्थानीय तह  मिलाउने जिम्मा प्रदेशलाई 

  • ललितपुर । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति  गठबन्धनको निर्णय रहेको छ । 

    images
    images
    images

    कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

    निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ । 

    नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।उनका अनुसार महालक्ष्मी र माहाँकाल गाँउपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भएन ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij