Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

यस्तो छ बुलुमा मनाइने चन्द्रभैरव खट जात्राको किंवन्दन्ती

यस्तो छ बुलुमा मनाइने चन्द्रभैरव खट जात्राको किंवन्दन्ती

  • ललितपुर । ललितपुरको चापागाउँ ११ बुलुमा चन्द्रभैरवको जात्रा मनाइदै छ। यो जात्रा प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म ३ दिन मनाउने मनाइन्छ। चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरेर यो जात्रा सुरु हुन्छ। त्यसै दिन पूजा सम्पन्न भएपछि गुठीयारले भोज खुवाउने गर्दछ।
     
    चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको छ । चैत त्रयोदशीका दिनमा चन्द्रभैरव र गणेशलाई खटमा राखी बिहान नगर परिक्रमा गरिन्छ र त्यही दिन पुनः साँझ नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ।

    onlinepatrika
    Arghakhachi

    हालसम्म बुलुगाउँको शिलापत्र फेला नपरेकाले यो जात्रा कसले र किन चलायो भन्ने कुरा अनुसन्धानमा मात्र सीमित रहेको रहेको छ। किवदन्ती अनुसार बुलुगाउँमा एउटा अचम्मको शक्ति छ। यस गाउँबाट कसैले पुराना सामग्री बाहिर अन्य स्थानमा लगेमा नराम्रो आवाज दिन्छ। पुराना सामान लाँदा आवाज दिन्छ भन्ने थाहा पाउने व्यक्तिले अहिलेसम्म पनि पुराना सामान गाउँबाहिर लैजाँदैनन्। यहि जनविश्वासको आधारमा पनि यो जात्रा मनाउँदै आएको छ । 

    AGNI GROUP

    एक गाउँबाट अर्को गाउँमा पुराना सामान लाँजादा रातभरि सुत्न पाइँदैन भन्ने मान्यता बुलुवासीमा अझै रहेको छ । यो मान्यतालाई बुलुगाउँमा दैवी शक्तिको भएको जनविश्वास रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij