Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु 

ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु 

  • ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले फेरि मेयरमा उठ्ने घोषणा गरेका छन् । महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका हुन् । नेपाली कांग्रेसका नेता महर्जन फेरि महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । 

    images
    images
    images

    महर्जन २०४६ साल देखि नेपाली कांग्रेस पार्टीमा सक्रिय छन्। उनले २०४९ र २०५४ सालमा तत्कालिन ललितपुर उपमहानगरपालिकामा वडा ३ को अध्यक्ष भएर कम गरिसकेका छन् । 

    images

    ५ वर्षको कार्यकालको स्थानीय तहको निर्वाचनमा गरेको प्रतिवद्धता पूरा गर्न बाँकी काम गर्न फेरि नेतृत्वमा आउने लागेको महर्जनले बताए । उनले आफूले महानगरमा ५ वर्षमा गरेको काम नगर र नगरवसीको हितमा रहेको दाबी गर्दै आफूले फेरि मेयर बन्ने दाबी गरेका छन् । 

    नयाँ नयाँ प्रविधिको प्रयोग गर्न चाहाने, नयाँ खालको विकासको परिकल्पना गर्न सक्ने र विश्वमा विकसीत प्रविधिलाई नेपालमा पनि प्रयोग गर्नु पर्ने मान्यता राख्ने चिरीबाबु देशको महानगरमध्येको बढी चर्चामा रहने मेयरमा पर्छन् । उनले ललितपुरमा साइकल लेनको सुरुवात गरेका छन्, फ्लाईओर निर्माण गर्ने उनको सपना छ । जसको प्रारम्भीक सर्वेको काम पनि सुरु गरेका छन् । 

    उनले ललितपुर महानगरको प्रगति र विकासमा सक्रिय हुँदै लागि रहेका छन्। साइकल सिटि र स्मार्ट महानगर बनाउने योजना अन्तर्गत धेरै काम बाँकी रहेको बताउँदै उनले आफूले त्यसको लागि भएपनि फेरि मेयर बन्नु पर्ने दाबी पेस गरेका छन् । 

    images

    उनले आफूले ५ वर्षमा गर्न नसकेको जनताको आकांक्षा पूरा गर्न फेरि मेयरमा उम्मेदवारीको घोषण गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij