Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बहालवाला प्रदेश सांसद सञ्जेलले गरे गोदावरी नगरपालिकाको मेयरमा उठ्ने घोषणा  

बहालवाला प्रदेश सांसद सञ्जेलले गरे गोदावरी नगरपालिकाको मेयरमा उठ्ने घोषणा  

  • ललितपुर । गोदावरी नगरपालिकाको मेयरमा नेकपा एमाले नेता तथा प्रदेश सांसद चेतनाथ सञ्जेलले मेयरमा दाबी गरेका छन् । प्रदेश सांसदको भूमिका रहेका सञ्जेलले नगरपालिकाको मेयर बन्ने घोषणा गरेका हुन् । 

    images
    images
    images

    २०७४ को प्रदेशसभा निवार्चनमा बागमती प्रदेशको सदस्यमा निर्वाचित भएका सञ्जेल जनताको सेवा गर्नका लागि अब नगरप्रमुखमा चुनाव लड्ने बताए । नगरप्रमुख भएपछि अहिलेसम्म प्राप्त अनुभवबाट जनताको सेवा गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ । विकास निर्माण अगाडी बढाउन लागि पार्टीेबाट इमान्दारीता र जनतासँगको राम्रो व्यवहारले मेयरमा दाबी गर्न लागेको सञ्जेल बताए । 

    images

    गोदावरीलाई सम्वृद्ध बनाउने, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई विकास गर्ने र धार्मिक तथा पर्यटक रुपमा गोदावरीलाई विकास गर्ने, वडा नम्बर १० मा ५५ फिटको हनुमानको मूर्ति राख्ने र रंगशाला बनाउने योजना रहेको सञ्जेलले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij