Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

गोदावरी नगरको मेयरमा महर्जनको चर्चा

गोदावरी नगरको मेयरमा महर्जनको चर्चा

  • ललितपुर । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नगर कमिटी अध्यक्ष  भाग्यराम महर्जन चर्चा रहेको छ । चापागाँउ ११ बुलुमा स्थानीयसमेत रहेका महर्जनलाई पार्टीबाट गोदावरी नगरपालिकाको मेयरमा सिफारिस गर्ने तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    माओवादी केन्द्रबाट गोदावरी नगरपालिकाको मेयरमा टिकट पाउने चर्चासँगै महर्जन आफू गृह कार्यमा तिव्र रुपले लागेको बताए । २४ वर्ष राजनीतिमा बिताएको भाग्यराम अहिले ४१ वर्ष पुगेका छन्। उनी माओवादी केन्द्र गोदावरी नगर समितिको अध्यक्ष समेत हुन् । उनी एक सफल व्यवसाायी पनि हुन् । उनी ह्याण्डीक्राफ्ट, ढाका, साडी र घरेलु उद्योगमा संलग्न रहेका छन् । गोदावरी नगरलाई साँस्कृतिक शहरको रुपमा विकास गर्दै सोही अनुसार हरेक विकास निर्माणमा लाग्ने महर्जनले बताए ।

    AGNI GROUP

    नगरप्रमुख भएर पर्यटकीय क्षेत्रमा जोड दिने, हरेक वडामा खेल मैदान बनाउने, शिक्षामा गुणस्तरीय तथा निःशुल्क बनाउने, एक घर एक रोजगार, टोल टोलमा घुम्ति स्वास्थ्य क्लिनिक, वडा वडामा नमुना कार्यक्रम र बडिखेल कोड्कुमा पहरी जातिको सिपलाई अन्तराष्ट्रिय बजारमा जोड्नलाई राज्यबाट पहल गरिने जस्ता महर्जनको योजना हरेको छ ।

    महर्जन अहिलेपनि विकासमा तिव्ररुपमा जोडिए जनताको सेवा लागि रहेका छन् । गाउँमा खानेपानीको समस्या समाधान गर्न, बुलुपार्कमा धुङ्गेधारा निर्माण गर्न, पार्कलाई सुन्दर बनाउन, बाटो ढलान गर्न र जनतासँग जोडिएका हरेक विषयमा उनी अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । उनी गोदावरीको स्वच्छ छवी भएको नेतामध्येको एक हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij