
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नगर कमिटी अध्यक्ष भाग्यराम महर्जन चर्चा रहेको छ । चापागाँउ ११ बुलुमा स्थानीयसमेत रहेका महर्जनलाई पार्टीबाट गोदावरी नगरपालिकाको मेयरमा सिफारिस गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रबाट गोदावरी नगरपालिकाको मेयरमा टिकट पाउने चर्चासँगै महर्जन आफू गृह कार्यमा तिव्र रुपले लागेको बताए । २४ वर्ष राजनीतिमा बिताएको भाग्यराम अहिले ४१ वर्ष पुगेका छन्। उनी माओवादी केन्द्र गोदावरी नगर समितिको अध्यक्ष समेत हुन् । उनी एक सफल व्यवसाायी पनि हुन् । उनी ह्याण्डीक्राफ्ट, ढाका, साडी र घरेलु उद्योगमा संलग्न रहेका छन् । गोदावरी नगरलाई साँस्कृतिक शहरको रुपमा विकास गर्दै सोही अनुसार हरेक विकास निर्माणमा लाग्ने महर्जनले बताए ।
नगरप्रमुख भएर पर्यटकीय क्षेत्रमा जोड दिने, हरेक वडामा खेल मैदान बनाउने, शिक्षामा गुणस्तरीय तथा निःशुल्क बनाउने, एक घर एक रोजगार, टोल टोलमा घुम्ति स्वास्थ्य क्लिनिक, वडा वडामा नमुना कार्यक्रम र बडिखेल कोड्कुमा पहरी जातिको सिपलाई अन्तराष्ट्रिय बजारमा जोड्नलाई राज्यबाट पहल गरिने जस्ता महर्जनको योजना हरेको छ ।
महर्जन अहिलेपनि विकासमा तिव्ररुपमा जोडिए जनताको सेवा लागि रहेका छन् । गाउँमा खानेपानीको समस्या समाधान गर्न, बुलुपार्कमा धुङ्गेधारा निर्माण गर्न, पार्कलाई सुन्दर बनाउन, बाटो ढलान गर्न र जनतासँग जोडिएका हरेक विषयमा उनी अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । उनी गोदावरीको स्वच्छ छवी भएको नेतामध्येको एक हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij