
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ । कोरोना भाइरसको जोखिम तीव्र गतिमा बढेसँगै चीनको संघाई सहरमा ‘लकडाउन’को घोषणा गरिएको छ ।विश्वभर महामारिको रुपमा फौलिएको कोरोना भाइरस संक्रमण केही समययता घट्दै गएको भएपनि पुनः बढ्न थालेपछि सोमबार बिहानदेखि ‘लकडाउन’को घोषणा गरिएको हो ।
चीनको सबैभन्दा ठूलो यस संघाई सहरमा अबको नौ दिनसम्म दुई चरणमा लकडाउन हुनेछ । सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।
सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ ।
चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो । संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij