Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

धापाखेल वडाभवनको औपचारिक उद्धघाटन

धापाखेल वडाभवनको औपचारिक उद्धघाटन

  • ललितपुर । धापाखेलस्थित ललितपुर महानगरपालिका वडा–२३ को नवनिर्मित भवनको आज औपचारिक उद्धघाटन गरिएको छ । करिब चार करोड लगानीमा बनाइएको अपाङ्गमैत्री सो भवनको उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले आज शुक्रबार एक कार्यक्रमका बीच पानसमा बत्ती बालेर औपचारिक उद्धघाटन गरेकी हुन् । 

    onlinepatrika
    Arghakhachi

    मन्त्री भुषालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथिमा बाग्मती प्रदेश सांसद् देवकी श्रेष्ठ, प्रदेश सदस्य राजकाजी महर्जन, दिपेश महर्जन, लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उप–मेयर गिता सत्याललगायत रहेका थिए । 

    AGNI GROUP

    विभिन्न अप्ठेरा परिस्थतिहरु झेल्दै आफूले सो भवनको औपचारिक उद्धघाटन गर्न पाउँदा निकै खुसी भएको सो वडाका अध्यक्ष भुयूकाजी महर्जनले बताएका छन् । 

    यस्तै,सो कार्यक्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि मन्त्री भुषालले पाचँ वर्षको बीचमा जनताको घरआँगनमा भौतिक पूर्वाधारलगायतका विकास कार्य सम्पन्न भई ‘गाउँगाउँमा सिंहदरबार’ सार्थक भएकोमा खुसी भएको बताएकी छन् ।

    उनले भनिन्, ‘आफूले प्रत्यक्ष रुपमा भवन निर्माणमा ४८ लाख सहयोग गर्न पाउँदा र यो सुन्दर भवन निर्माण भएकोमा निकै खुसी छु । अब गाउँगाउँमा सिंहदरबार भन्ने नारा यहाँ सार्थक भएको छ, अब काम पनि गुणस्तरीय र जनमैत्री हुनुपर्दछ ।

    कार्यक्रममा बोल्दै मेयर महर्जनले राम्रो काम गर्नको लागि भौतिक पुर्वाधार तथा कार्यलय पनि राम्रो हुनुपर्ने कुरालाई जोड दिँदै अत्याधुनिक भवनमा काम पनि अत्याधुनिक हुनेमा विश्वस्त रहेको बताएका छन् ।  उनले भने,‘दुलही जस्तै चिटिक्क सिङ्गारिएको भवन निर्माण सम्पन्न भएको छ । अब काम पनि चिटिक्कको हुन्छ भन्नेमा विश्वस्त छु ।’

    आफूहरुले उल्लेख्य काम गरेको बताउँदै मेयर महर्जनले कतिपय कुरामा आफूहरुले फगत गाली खानु परेको समेत बताएका छन् । केन्द्रीय सरकारको जिम्मामा रहेका कामहरु प्रभावकारी रुपमा समयमै सम्पन्न हुन नसक्दा आफूहरुले गाली खेप्नु परेको समेत उनको भनाई छ ।

    एउटै किलोमा दुईओटा गोरु बाध्दा जुध्ने बताउँदै स्थानीय सरकारले गर्नुपर्ने काममा केन्द्रीय सरकारले हस्तक्षप गर्नुनहुने समेत जनाएका छन् । उनले आफूहरुसँग प्रसस्त मात्रामा बजेट भइकन पनि विकास गर्न नपाएको भन्दै यसको लागि केन्द्रीय सरकार समक्ष पत्र समेत पठाएको तर त्यसको जवाफ नआएको बताएका छन् ।  

    lalitpur.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij