
Apr 07 2025 | २०८१, चैत २५ गते
घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ ।
आफ्नै घरको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउको गम्भीर चोट लागेकी घाइते बालिकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij