
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडाैँ । स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा एक महिला प्रहरी जवानको मृत्यु भएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि कर्फ्यु लगाएको हो।
फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदै जाँदा घटना भएको हो।आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते छन्।
घाँटीमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij