Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पैसाको लोभले ट्राफिक नियमविपरीत सवारी सञ्चालन

पैसाको लोभले ट्राफिक नियमविपरीत सवारी सञ्चालन

  • काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटबाहेक गाउँमा पुग्ने अधिकांश सवारीसाधन ट्राफिक नियमविपरीत सञ्चालन हुँदै आएका छन् ।

    images
    images
    images

    जिल्ला सदरमुकाम सिमकोटदेखि गाउँसम्म एक दर्जन गाडी सञ्चालन हुँदै आए पनि ती ट्राफिक नियमविपरीत गुडिरहेका छन् । सिमकोट बजारमा ट्राफिक प्रहरीले गाडीमा कति जना यात्रु बसेका छन् र सामान कति छ भन्ने जाँच गरे पनि सिमकोट गाउँपालिका– ६ को तिनधारा र वडा नं ५ को शिव मन्दिर कट्दाबित्तिकै ती गाडीले ओभरलोड मानिस र सामान राखेर गुड्ने गरेका छन् ।

    जिल्लामा मार्ग इजाजत विना सञ्चालन भएको त यथावत नै छ तर व्यवस्थित तरिकाले भने गाडी सञ्चालन गर्नुपर्छ भन्ने चेतना गाडी चालक र मालिकमा नभएको पाइएको छ । पैसाको लोभले गर्दा हाल सिमकोट गाउँपालिका वडा नं ६ को तिनधाराबाटै जुनसुकै गाडीले ओभरलोड गरेर गाउँसम्म पुग्ने गरेको डाँडाफयाका मन्दिर सिंहले बताए । सिंहका अनुसार, “दिनरात सञ्चालन भइरहेका एक दर्जन गाडी, ट्र्याक्टरले क्षमताभन्दा बढी यात्रु र सामान बोकेर गाउँमा पुग्ने गरेका छन् ।”हाल सिमकोटदेखि खार्पु, ठेहे र धारापोरीसम्म गाडी पुग्ने गरेका छन् । ट्राफिक प्रहरीले भने सबै ठाउँमा ट्राफिक नियम पालना गर्नका लागि जनशक्ति परिचालन हुनुपर्ने भए पनि ट्राफिक प्रहरीको सङ्ख्या कम भएकाले गाउँसम्म पुग्न नसकेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij