
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरमा बसभित्र एक युवक मृत अवस्थामा फेला परेका छन् । ललितपुर बज्रवाराहीमा बसभित्र सहचालक मृतावस्थामा फेला परेका हुन् ।
गोदावरी नगरपालिका –११ झ्यालिपाटी बस्ने ३५ वर्षीय राजु कुँवर बुधबार मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
गोदावरी नगरपालिका –११ बज्रबाराहीस्थित पार्किङमा राखेको बा.२ ख ७३४३ नम्बरको बसमा उनी मृतावस्थामा फेला परेका हुन् । रक्सी खाएर सुतेको अवस्थामा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij