Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

सङ्खुवासभा बस दुर्घटना- मृत्यु भएका १५ परिवारलाई जनही एक लाख

सङ्खुवासभा बस दुर्घटना- मृत्यु भएका १५ परिवारलाई जनही एक लाख

  • खाँदबारी । बस दुर्घटनामा मृत्यु भएका १५ परिवारलाई सङ्खुवासभाको मादी नगरपालिकाले जनही एक लाख रुपैयाँ दिने भएको छ ।

    images
    images
    images

    मादी नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिए । यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँसमेत दिने, मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक बनाउने निर्णय गरेको उनले बताए ।

    बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij