
Apr 14 2025 | २०८२, वैशाख १ गते
चीन । चीनमा बढ्दो कोभिड संक्रमणका कारण जनमानसमा त्रास बढ्न थालेको छ। कोभिडका कारण सामूहिक परीक्षणमा गर्दा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् ।
सोमबारको तुलनामा आज मंगलबार ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । हिजोको तुलनामा आज दोब्बर छ। मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ । कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ । मंगलबार मात्र ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ । धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij