
Apr 24 2025 | २०८२, वैशाख ११ गते
ललितपुर/ १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘महिला उद्यमी मेला–२०७८’ आज बाट सुरु भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को आयोजनामा पाटनस्थित नागबहाल र इलाननीमा आयोजना भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गरेका छन् । कार्यक्रमको उत्पादन गर्दै बागमती प्रदेशका मन्त्री लामाले स्वदेशी उत्पादन प्रयोग गरेर स्वाभिमान र गौरब कायम गर्न सकिने बताउँदै तीन दिने उद्यमी महिला मेलाको सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्थानीयस्तरमा आर्थिक रुपमा महिला तथा युवाहरुलाई सशक्त बनाउनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने वताइन् । उनले भनिन्,‘मेलाले हरेक व्यक्तिहरुको आयस्तर उच्च बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्छ, यो कार्य अत्यन्तै सराहनीय छ ।’ उपप्रमुख सत्यालले महिलालाई मात्रै नभएर युवाहरुलाई पनि आर्थिक रुपमा सशक्त र सबल बनाएर आर्थिक रुपमा सम्पन्न बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने बनाइन् ।
महिला उद्यमी मेलाको उद्घाटन समारोहका सभापति तथा ललितपुर महानगरपालिका – १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले महिलाहरुलाई आर्थिक रुपमा शशक्त बनाउँदा गरिवी निवारणमा सहयोग पुग्ने बताउँदैँ हरेक वर्ष यस्ता कार्यक्रमहरु गरेर स्थानीय उत्पादनको बजारिकरण गर्नका लागि लागिपरेका बताए । ‘महिला सशक्तिकरणको आधार, उद्यमशीलता र रोजगार’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको कार्यक्रम २९ गतेसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij