Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

महिलालाई उर्जा दिन महिला उद्यमी मेला

महिलालाई उर्जा दिन महिला उद्यमी मेला

  • ललितपुर । १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘महिला उद्यमी मेला–२०७८’ को हुने भएको छ । ललितपुरको पाटनस्थित नागबहाल र इलाननीमा आयोजना हुने भएको हो । मेला फागुन २७ गतेदेखि २९ गते (३ दिन) सम्म संचालन हुनेछ ।
     
    ‘महिला सशक्तिकरणको आधार, उद्यमशीलता र रोजगार’ भन्ने मूल नाराका साथ महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभालाई पहिचान गर्दै थप प्रतिभा प्रष्फुटन गराउने र संस्कृति उत्थान गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिए ।
     
    महानगरपालिका – १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले भने, ‘महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्न र प्रतिभा प्रस्फुटन गराउने मेलाको मुख्य उद्देश्य रहेको छ ।’
     
    मेलामा थप रौनक
     
    मेलामा हस्तकलाजन्य सामग्री उत्पादनको जीवन्त प्रदर्शनी पनि देखाईनेछ । तीनदिने मेलाको हरेक दिन सांगीतिक क्षेत्रमा ख्यातिप्राप्त कुटुम्ब ब्याण्ड र प्रोजेक्ट बाजाको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
     
    275164182_658827488685278_3098964168793157705_n.png
     
     

     

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij