Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब-स्टेसन प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिजुलीको पोल सार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिने क्रममा पुस २९ गते पाटन ढोकाबाट घुससहित अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij