
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर/ ललितपुर महानगरपालिका वडा नं. १२ मा महिलाहरुका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अन्तरक्रियामा उपप्रमुख गीता सत्यालले महिलाहरु घरव्यवहारमा मात्रै सिमित नरहेर आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पनि क्रियाशील रहनुपर्ने बताइन् । उपप्रमुख सत्यालले भनिन्, ‘महिलाले अन्र्तक्रिया तथा विभिन्न तालिमबाट सिकेका सीपहरुलाई व्यवहारमा उतार्न सक्नुपर्छ । आर्थिक र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेर अगाडि बढ्नुपर्छ ।’
हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइदैँ आएको छ । यस वर्ष पनि ‘‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकास सुनिश्चितता’’ भन्ने नाराका साथ भोली फागुन २४ गते ११२ औं अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij