
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार जुवा खेल्दै गरेको अवस्थामा २४ जनालाई पक्राउ गरिएको हो ।
महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित एकबहादुर रानाले संचालन गरेका जस्ताले बनाएको टहराभित्रबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले रु ३ लाख ८५ हजार ३३० नगदसहित, ८ बुक तास बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij