Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नयाँ किरण नेपालद्धारा बाल–बालिका पूनर्ताजगी कार्यक्रम

नयाँ किरण नेपालद्धारा बाल–बालिका पूनर्ताजगी कार्यक्रम

  • ललितपुर । नयाँ किरण नेपालको आयोजनामा ललितपुरको चापागाँउमा बाल–बालिकाहरुका लागि १५ दिने पूनर्ताजगी कार्यक्रमको सुरुवात भएको छ। गोदावरी नगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्दै नगर उपप्रमुख मुना अधिकारीले कोभिडका कारण बालबालिकाहरुमा परेको मानसिक असरलाई निराकरण गर्नका लागि यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने बताइन् ।
     
    उपप्रमुख अधिकारीले भनिन्, ‘कोभिडको महामारीका कारण लामो समयसम्म बालबालिकाहरुले घरमै बस्नु परेको थियो । जसबाट कतिपय बालबालिकाहरुमा मानसिक असर समेत परेको थियो । यसबाट परेको असरलाई हटाउँदै उनीहरुको दिमागलाई ताजा बनाउन यस्ता कार्यक्रम आवश्यक छ ।’
    कार्यक्रमका विषेश अतिथि, प्राज्ञ कलाकार तथा प्रशिक्षक कृष्ण भक्त महर्जनले नृत्य कलाबाट पनि बालवालिकाहरुलाई स्वस्थ र मानसिक रुपमा तन्दुरुस्त राख्नका लागि महत्वपूर्ण काम हुने बताए ।
     
    प्राज्ञ कलाकार महर्जनले भने, ‘नृत्य कलाबाट शरीरमा स्फूर्ति पैदा हुन्छ। नयाँ नयाँ कुरा प्रतिको सोचको विकास हुन्छ। नृत्यमा ताल, शक्ति र कला हुन्छ, आफूभित्रको कलालाई सदुपयोग गर्न आवश्यक छ।’
     
    नयाँ किरण नेपाल संस्थाकी अध्यक्ष रिजना तुलाधरले नृत्य केवल नाच्ने काम मात्र होइन एक अवसर पनि भएको बताइन् । बालबालिकाहरुको पढाइलाई निरन्तर दिँदै दिनको केही समय मात्रै सिक्ने नृत्य कलाले दिमागलाई पनि ताजा बनाउनका लागि सहयोग पुर्याउने दाबी गरिन् ।
     
    274907294_1021922332042578_6683300672215397500_n.jpg
     
     

     

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij