ललितपुर । जेष्ठ नागरिक चौतारी ठेचो र एजिङ्ग नेपालको आयोजनामा जेष्ठ नागरिक अन्तरक्रिया समपन्न भएको छ । अन्तरक्रियामा गोदावरी नगरपलिका वडा नं. १२ ठेचोका वडा अध्यक्ष जगत बहादुर महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।
जेष्ठ नागरिक चौतारी ठेचोका अध्यक्ष बालकृष्ण थापा मगरले जेष्ठ नागरिकलाई नयाँ प्रविधिबाट सहज रुपमा आधुनिक सामानहरू प्रयोग गरी अगाडी बढाउनका लागि अन्तरक्रिया आयोजना गरिएको बताए । अध्यक्ष मगरले आगामी केहीँ समयमा नै ठेचोका जेष्ठ नागरिकहरुलाई लक्षित गरेर आधारभुत शिक्षा तालिम सञ्चालन गर्न लागेको समेत जानकारी गराए ।
मगरले भने, ‘एजिङ्ग नेपालको सहयोगमा जेष्ठ नागरिक अन्र्तक्रिया कक्षा सञ्चालन गर्नेछौँ । जेष्ठ नागरिकलाई आवश्यक सामाग्रीहरू लागि हामीले विभिन्न संघ संस्थाहरु सँग समन्वय गरिरहेका छौँ ।’
जेष्ठ नागरिकहरुको हकहितका लागि कार्यहरु गर्ने र उनीहरुमा भएको शिप, क्षमता र कलालाई सहज रुपमा प्रस्फुटन गराउन आधारभूत शिक्षा सञ्चालन गर्ने आयोजकले जनाएको छ ।