Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नेवारी कला, संस्कृति र परम्परागत पहिचान स्थापित गर्ने

नेवा देय् दबु गोदावरीको अध्यक्षमा डंगोल

नेवा देय् दबु गोदावरीको अध्यक्षमा डंगोल

  • ललितपुर/ नेपालभरिको समस्त नेवारी समुदायको हक हित सुरक्षाको लागि गठन भएको संस्था नेवा देय् दबु गोदावरी नगर सम्मेलनले राम डंगोलको अध्यक्षता (नायोे) मा नयाँ कार्य समिति चयन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यही फागुन १७ गते मंगलबार गोदावरी नगरपालिका वडा नं. १२ स्थित नेवा स्कुल ठेचोमा भएको सम्मेलनबाट समितिको बरिष्ठ उपाध्यक्ष (ब.न्वकू) मा मदन श्रेष्ठ, उपाध्यक्ष (न्वकू) मा नजरमान महर्जन, महिला उपाध्यक्ष (मिसा न्वकू) मा शान्ति डंगोल, सचिब (छ्याञ्जे)मा ज्ञानेन्द्र महर्जन, महिला सचिब (मिसा छ्याञ्जे) मा लिपा ल्ययेगु, कोषध्यक्ष (दाँभरी) मा सरीता देसार (महर्जन) सर्वसम्मत चयन भएका छन् । 

    AGNI GROUP

    त्यस्तै समितिको सदस्य (दुजँ) मा निर्वाचित हुनेहरुमा सुनिल महर्जन, राजन शाही, महेश महर्जन, मनोज महर्जन, रिना माली, रिजन महर्जन र रिक्वेष्ट महर्जन गरहेका छन् । नेवा देय् दबु नेपाल भर विभिन्न स्थानमा छरिएर रहेका नेवार जातिको नेतृत्व गर्ने सस्था हो । नेवारी कला, संस्कृति र परम्परागत पहिचान स्थापित गर्ने कार्यमा समेत  नेवा देय् दवुले काार्यहरु गर्दै आइरहेको छ ।  दबुले जनजातिको प्रमाणिकरणका लागि आवश्यक पर्दा सिफारसि लगायत सम्पूर्ण कार्यहरु समेत गर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij