Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

मुलपानीमा गोदावरीकी उपप्रमुखले बाँडिन् गार्डेन पाइप

मुलपानीमा गोदावरीकी उपप्रमुखले बाँडिन् गार्डेन पाइप

  • ललितपुर।  गोदावरी नगरपालिकाले ४२० थान गार्डेन पाईप र ४२० थान बीउ वितरण गरेको छ । गोदावरी नगरपालिका–१ गोदामचौर मुलपानीमा एक कार्यक्रम गरी तरकारी खेती  तालिम तथा बिउ बिजन कृषि औजार वितरण गरेको हो । उक्त कार्यक्रमका लागि लालुपाते महिला कृषि सहकारीले समन्यव र सहकार्य गरेको सहकारीकी अध्यक्ष लक्ष्मी कार्कीले जानकारी दिइन् ।

    onlinepatrika
    Arghakhachi

    गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १ वडा सदस्य श्रीराज थापा, कृषि शाखा गोदावरी नगरपालिका प्रमुख कल्पना कार्की, कृषि प्राविधिक पुजा जिरेलसमेतको उपस्थिति रहेको थियो ।

    AGNI GROUP

    गोदावरी नगरपालिकाले विगत ३ वर्ष देखि लालुपाते महिला कृषि सहकारीको समन्वय र सहकार्यमा कृषक तथा महिलाहरुलाई आत्मनिर्भर बनाउन कामहरु, बर्षे तरकारीहरूका बीउबिजन तथा गाडेन पाईपहरु बितरण, व्यवसायिक रुपमा आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको संस्थाकी अध्यक्ष लक्ष्मी कार्कीले अनलाइन पत्रिकालाई जानकारी दिइन् ।

    नगरपालिकासंगको सहकार्यमा आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तर दिँदै सामाजिक विकासका लागि क्रियाशील भएर लागिपर्ने संस्थाकी अध्यक्ष कार्कीले बताइन् । 

     

    274749120_1308279949647836_468486586065199756_n.jpg

     

    222.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij