Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पहिरो छेक्न पम्फाको पहल

पहिरो छेक्न पम्फाको पहल

  • ललितपुर/  ऊर्जा मन्त्री पम्फा भुसालकाे सहयोगमा वन पहिरो नियन्त्रणका लागि उन्नाइस लाख रुपैयाँ उपलब्ध गराएकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँस्थित बुलुमा वन पहिरो नियन्त्रणका लागि उक्त सहयोग रकम उपलब्ध गराएकी हुन् । 

    images
    images
    images

    भुसालले जोखिम युक्त पहिरो नियन्त्रण अन्तर्गतको बजेट पागल वन पहिरो नियन्त्रणलार्ई बाह्र लाख र नयाँ प्रविधियुक्त पहिरो नियन्त्रण कार्यक्रम बाट सात लाख विनियोजन गरिएको नेकपा माओवादी गोदावरी नगर कमिटी अध्यक्ष भाग्यराम महर्जनले जानकारी दिए ।

    images

    बुलु पार्क निमार्ण उपभोक्ता समितिका अध्यक्ष रविन्द्र महर्जनले पागल वन पहिरो नियन्त्रणका लागि अहिले उन्नाइस लाखको बजेटबाट सीमित काम मात्रै गर्न सकिएको जानकारी दिए । उनले भने, ‘ अब बाँकी काम आगामी आर्थिक वर्षको बजेटमा सम्पन्न गर्ने छौं।’ उक्त वनभित्र स्थानीय बासिन्दाहरूको कूल देवताको मन्दिरलाई पनि व्यवस्थित रुपमा सजावट गर्ने बताए ।

    महर्जनले भने ‘पहिरो नियन्त्रण कार्य सम्पन्न भएपछि सवारी चलाउन मिल्ने गरी बाटो फराकिलो बनाउने तयारी छ । बुलुलाई धार्मिक रुपमा पर्यटकीय स्थल बनाउने योजना समेत भैरहेको छ ।’

    273546813_3190018447884587_3114270019325979429_n.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij