Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर/ ललितपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न प्रशासनका कर्मचारी टोल टोलमा आउने भएका छन् । ललितपुर जिल्ला प्रशासनले अब देखि राष्ट्रिय परिचयपत्र टोल तथा वडास्तरमा वितरण गर्ने अभियान सुरु गरेको छ । आज मंगलबार गोदावरी नगरपालिकामा राष्ट्रिय परिचयपत्र अन्तरक्रिया कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘नागरिकलाई सुविधा हुनेगरी टोल टोलमा वडास्तरबाटै राष्ट्रिय परिचय पत्र विवरणको काम हुनेछ ।’ ललितपुर जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउन भिडभाड हुन थालेपछि वडा र टोलबाटै विवरण संकलन गर्न लागिएको सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । गोदावरी नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने अभियान फागुन १२ गतेबाट सुरु हुदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij